दाङ, ५ भदौ । दाङको तुलसीपुर स्थित बस्नेत फेन्सी स्टोरले आफ्ना ग्राहकलाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ । स्टोरमा सामान खरिद गर्ने ग्राहकले स्कुटीसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउने भएका छन् । उक्त कार्यक्रम अन्तर्गत रु. ५ हजार भन्दा माथिको सामान खरिद गर्ने ग्राहकलाई कुपन उपलब्ध गराइने छ । खरिद रकम अनुसार कुपनको संख्या बढ्दै जाने छ, भने रु. १ लाखभन्दा माथिको सामान खरिद मा २५ वटा कुपन प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
योजनाको पहिलो पुरस्कार स्कुटी, दोस्रो पुरस्कार रु. २० हजार बराबरको फेन्सी सामान र तेस्रो पुरस्कार रु. १० हजार बराबरको फेन्सी सामान रहेको स्टोरले जनाएको छ ।
पहिलो पुरस्कार कुपन मार्फत छनोट गरिने छ । दोस्रो र तेस्रो पुरस्कार भने स्टोरमा आएर बनाइएको TikTok भिडियोमा प्राप्त Like र Share का आधारमा छनोट गरिने भएको छ । योजनामा सहभागी हुन ग्राहकले बस्नेत फेन्सी स्टोरको TikTok अकाउन्ट अनिवार्य रूपमा Follow गरेको हुनुपर्ने छ ।
👉️ उपहार कहिले खुल्दैछ ?
विशेष उपहार योजनाका कुपन माघ ६ गते दिउँसो ३ बजे बस्नेत फेन्सी स्टोर, तुलसीपुरमै खोलिने भएको छ । स्टोरले ग्राहकलाई आफ्नो कुपन सुरक्षित राख्न आग्रह गर्दै कुपनबिना पुरस्कार उपलब्ध नगराइने स्पष्ट पारेको छ ।
किनमेल पनि गर्ने, मनपर्ने सामान पनि लैजाने अनि स्कुटी सहित आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउने बस्नेत फेन्सी स्टोरको यो विशेष योजना ग्राहकका लागि आकर्षणको केन्द्र बनेको छ ।

