दाङ, १६ भदौ । दाङ तुलसीपुर ७ स्थित दिव्य कुञ्ज एकेडेमीले बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा विद्यालयले उक्त रकम सहयोग गरेको हो । बाढीपीडितको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयका शिक्षक, विद्यार्थी तथा गैरशिक्षण कर्मचारीहरूको सामूहिक सहभागितामा रकम संकलन गरिएको विद्यालयले जनाएको छ ।
विपतको समयमा मानवीय सहयोग आवश्यक हुने भन्दै विद्यालयले आफ्नो तर्फबाट सानो भए पनि राहत अभियानमा योगदान गरेको जनाएको छ । विद्यालयको सहयोगले बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा केही भए पनि टेवा पुग्ने समेत अपेक्षा गरिएको छ ।
विद्यालयका प्रिन्सिपल कुलानन्द अधिकारीले आफू र आफ्नो समूह तथा विद्यालयले विपतका बेला सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन । सरकारले बाढीपीडितको राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोगको आह्वान गर्दै आएको छ ।
