२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि पुनको उम्मेदवारी घोषणा

दाङ, १२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधिका लागि मञ्जित पुनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पुनले पार्टीभित्र प्रतिनिधित्व, जिम्मेवारी र सहभागितालाई मुख्य आधार बनाउँदै महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र आवाजलाई नेतृत्व तहसम्म पुर्‍याउने तथा संगठनमा सक्रिय सहभागिता बढाउने प्रतिबद्धता जनाएका समेत छन् ।

उनको उम्मेदवारी सार्वजनिक गरिएको पोस्टरमा ‘प्रतिनिधित्व • जिम्मेवारी • सहभागिता’ भन्ने नारालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । यस सँगै उनले महाधिवेशनमा नयाँ सोच, सक्रिय सहभागिता र संगठन प्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्ने सन्देश दिएका छन् ।

महाधिवेशनको तयारीसँगै विभिन्न तहका नेताकार्यकर्ताले प्रतिनिधि तथा विभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । यही क्रममा पुनको उम्मेदवारी घोषणालाई पनि आगामी महाधिवेशनका लागि उनको राजनीतिक सक्रियताको रूपमा समेत हेरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस