दाङ, १२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा दाङ क्षेत्र नं. ३ बाट बसन्तकुमार खड्काले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी अघि सारेका छन् । खड्काले आफूलाई अनुभव, समर्पण र निरन्तर सेवासहित युवाको आवाजलाई प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्ताको सहभागिता र सक्रियतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
उनको प्रचार सामग्रीमा ‘युवाको पालो, संगठनको साथ’ भन्ने नारासहित नेपाली कांग्रेसको विचार, संगठन र जनसम्बन्धलाई थप मजबुत बनाउने विषयलाई जोड दिइएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने निर्वाचन कार्यतालिका रहेको छ ।
प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार

