२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

कांग्रेस महाधिवेशन प्रतिनिधिमा लहरेको उम्मेदवारी घोषणा

दाङ, १२ असोज । नेपाली कांग्रेसका युवा नेता ऋषिराज लहरे (अरुण) ले दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पदमा पुनः उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि पनि महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका लहरेले पार्टीको संगठनलाई थप सुदृढ बनाउन तथा युवाको सहभागिता र नेतृत्वलाई प्रभावकारी बनाउन पुनः महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लहरे पार्टी संगठनसँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील रहँदै आएका छन् । उनले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गर्दै सामाजिक गतिविधि तथा समुदायसँग जोडिएका कार्यमा समेत योगदान पुर्‍याउँदै आएका छन् ।

युवा पुस्तामाझ सक्रिय नेताका रूपमा परिचित लहरेले पार्टीभित्र युवाको भूमिका थप प्रभावकारी बनाउन, संगठनलाई चलायमान बनाउन तथा कार्यकर्ताबीच सहकार्य र एकतालाई प्राथमिकता दिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस