२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

युवाको रोजाइमा एमाले ठुलो संख्यामा गरे पार्टी प्रवेश

दाङ, २९ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा ठुलो संख्यामा युवाहरुले नेकपा (एमाले) मा प्रवेश गरेका छन् । वाइसीएल नेपालका नगर उपाध्यक्ष सुरज पुनको नेतृत्वमा ७५ जना युवाले संयुक्त रूपमा एमालेमा प्रवेश गरेका हुन्  । 

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको दाङ तुलसीपुर १६ १७ १८ र १९ नं वडाका युवाहरुको निर्वाचन लक्षित भेला हेमन्तपुरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष महाराज गुरुङले एमाले जनताको भरोसाको पार्टी बन्दै गएको उल्लेख गर्दै विभिन्न राजनीतिक धारमा रहेका युवा हरु बिस्तारै एमालेमा आकर्षित भइरहेको बताएका हुन ।

संघका केन्द्रिय महासचिव महेश चौलागाई नेकपा एमाले केन्द्रीय सदस्य मेनका पोख्रेल लगायतले नेताहरुले सम्वोधन गरेका थिए उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संगठन तुलसीपुर नगर अध्यक्ष गोविन्द नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस