२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कारबाही नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी

दाङ, २९ फागुन । सुर्खेतको वीरेन्द्रनगर – १ मा १६ वर्षीया किशोरी इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाल तरुण दल तुलसीपुर नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तरुण दलले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानमार्फत कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति र सुरक्षा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

दोषीलाई कानुनी कारबाही नगरिए न्यायका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत तरुण दलले दिएको छ । विज्ञप्तिमा तरुण दल तुलसीपुर नगर समितिका अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकीको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस