२०८३ बैशाख २६ गते शनिवार | 2026 May 9th Saturday

श्रम संस्कृती पार्टीको तुलसीपुर नगर अध्यक्षमा न्यौपाने

दाङ, ३० फागुन । हर्क साङपाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले दाङ जिल्लामा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका राई नेतृत्वको उक्त पार्टीले ‘श्रम नै देश विकासको पहिलो आधार’ भन्ने नारासहित दाङमा संगठन विस्तारको काम अघि बढाएको हो ।

पार्टीका लुम्बिनी प्रदेश सह – सचिव टोपबहादुर महतराका अनुसार हाल मधुकर न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय तुलसीपुर नगर समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा विष्णुकुमारी केसी र एकराज विक, सचिवमा जीवन चौधरी, सह-सचिवमा बलबहादुर खड्का, कोषाध्यक्षमा कमल डाँगी तथा सह-कोषाध्यक्षमा मोहन विक चयन भएका छन् ।

यस्तै सदस्यहरूमा प्रकाश बुढा, रिसिता जिसी, रामबहादुर विक, पार्वती चौधरी र गीता कुमारी बिष्ट रहेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस