दाङ, १० चैत । दाङका यातायात ब्यवसायीहरुले आफुहरुलाई नितिगत समस्या भएको भन्दै सरकारको ध्यानआकर्षण गराएका छन् । जिल्लामा सञ्चचालनमा रहेका तिन पाङ्ग्रे सवारी साधन अटो टेम्पो रिक्सा सञ्चालकहरुले लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष महेन्द्र महराले ध्यानाकर्षण पत्र बुझाउदै अटो ब्यवसायीहरु दोहोरो करको मारमा परेको हुदाँ दोहोरो कर हटाउनु पर्ने, कोशी प्रदेश सरकारले लागु गरे जस्तै ट्रायल दिनु पुर्व लिखित परिक्षा दिनु नपर्ने ब्यवस्था मिलाउनु पर्ने, बाटो ईजाजत पत्र (रुट पर्मिट)लाई अन्तरपालिका स्तरिय बनाउनुपर्ने र पटके पर्मिट लागु गर्नुपर्ने र अन्य प्रदेशको तुलनामा लुम्बिनीमा सवारी कर बढी भएकाले करको दरलाई घटाउनुपर्ने लगाएतका माग राखेका हुन । यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन र सवारी दुर्घटना न्यनिकरण गर्न सरकारले उचित कदम चाल्नुपर्ने उनले बताएका हुन ।
उक्त मागहरू कार्यान्वयन भएमा तीन पाङ्ग्रे सवारी सञ्चालन सहज भई सेवा प्रवाह प्रभावकारी बन्ने तथा व्यवसायीलाई राहत पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ । साथै, प्रदेश सरकारलाई उल्लेखित विषयहरुमा गम्भीर ध्यान दिन आग्रह गरिएको छ ।
पत्र बुझ्दै मन्त्री न्यौपानेले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका हुन । साथै, सम्बन्धित निकायसँग समन्वय गरी समस्याको समाधानतर्फ पहल गर्ने प्रतिबद्धता समेत जनाएका हुन ।
कार्यक्रममा दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष महेन्द्र महरा, घोराही शाखा संयोजक बलजित दमाई, लमही शाखा संयोजक धनीराम चौधरी, सह संयोजक शिबु चौधरी, एरावती यातायात प्रा.लिका प्रतिनिधीहरुको सहभागिता रहको थियो ।