२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

एमाले दाङद्वारा वडाध्यक्ष घिमिरे निष्कासित

दाङ, २७ चैत । नेकपा (एमाले) दाङले घोराही – ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । पार्टीले शंकर पोखरेल विरुद्ध गतिविधि गरेको र पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाएको छ । हालैको निर्वाचनमा उनी रास्वपाको पक्षमा सक्रिय भएको र सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा गरेको भन्दै कारबाही गरिएको हो ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस