दाङ,१७ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका – “ख” लाइनमा महिलाहरूका लागि लक्षित नयाँ कपडा पसल “सिर्जु कलेसन” औपचारिक रूपमा उद्घाटन गरिएको छ । गुप्ता मेडिकलसँगै सटेको घरमा सञ्चालनमा आएको उक्त कलेसनकी सञ्चालिका सिर्जु पौडेल हुन ।
महिलाहरूको फेसनलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको यस कलेसनमा कुर्ती, सारी, वनपिस, सेटहरू तथा सिजन अनुसारका नयाँ-नयाँ डिजाइनका आकर्षक कपडाहरू उपलब्ध रहेको जनाइएको छ ।
उद्घाटनसँगै “सिर्जु कलेसन”ले गुणस्तरीय तथा ट्रेन्ड अनुसारका महिला पोशाक सुफत मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको सञ्चालकले बताएकि छिन ।
स्थानीय महिलाहरूका लागि आधुनिक फेसनका विविध कलेक्सन एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस कलेसनले ग्राहकहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार
