२०८३ असार २५ गते बिहिवार | 2026 July 9th Thursday

दाङको तुलसीपुरमा थपियो आधुनिक आतिथ्य सेवा, ‘टप गेस्ट हाउस एण्ड रेस्टुरेन्ट’

दाङ, २५ असार । तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्क क्षेत्रमा आधुनिक सुविधा सम्पन्न टप गेस्ट हाउस एण्ड रेस्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ । हेमन्त प्रकाश ओली, सुरेन्द्र परियार, प्रकाश ओली र बाबुराम खत्रीको संयुक्त लगानीमा स्थापना गरिएको गेस्ट हाउस एण्ड रेस्टुरेन्टको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले रिबन काटेर गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले निजी क्षेत्रको लगानीले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र सेवा क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले स्वच्छता, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा तुलसीपुर ३ का वडा अध्यक्ष विजय विक, वडा नं. १८ का वडा अध्यक्ष माधव ओली, विभिन्न जनप्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सञ्चालकका अनुसार नयाँ बसपार्क क्षेत्रमा आउने यात्रु, व्यवसायी तथा अन्य आगन्तुकलाई सहज, सुरक्षित र गुणस्तरीय आवास तथा खानपान सेवा उपलब्ध गराउने उद्देश्यले गेस्ट हाउस सञ्चालनमा ल्याइएको हो । तुलसीपुरको आतिथ्य सेवा क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता सञ्चालकहरूले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस