२०८३ साउन १५ गते शुक्रवार | 2026 July 31st Friday

न्याय र अधिकारको पक्षमा ‘ROAR Movement’ घोषणा, हरिश गिरी संयोजक

काठमाडौ, १५ साउन । “न्याय र अधिकारको लागि एक हुँकार” भन्ने नारासहित ROAR Movement घोषणा गरिएको छ । आन्दोलनको संयोजकमा हरिश गिरी चयन भएका छन् । आन्दोलनको सदस्यमा हेमन्त सापकोटा, सन्ध्या बराल, सुप्रिया नेपाली, स्मृति बराल, सफल घिमिरे, नितेश योगी, करण राज लगायत ११ सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।

आन्दोलनले पछिल्लो समय राज्यले विभिन्न जनसरोकारका मुद्दा बेवास्ता गरेको, हुँदा खाने तथा गरिब वर्गमाथि दमन बढेको, महँगी, भ्रष्टाचार र बेरोजगारी नियन्त्रणमा सरकार असफल भएको, सुकुम्बासीमाथि डोजर आतंक मच्चाइएको तथा हालैका साम्प्रदायिक घटनामा समेत राज्य संवेदनशील बन्न नसकेको आरोप लगाएको छ । साथै संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै चुनौती देखिन थालेको भन्दै न्याय, जवाफदेहिता र आवश्यक सुधारका लागि आन्दोलन सुरु गरिएको जनाएको छ । 

आन्दोलनका अनुसार ROAR को पूर्ण रूप Rights, Oversight, Accountability and Reform हो । यस अभियानले नागरिक अधिकारको संरक्षण, राज्यलाई जवाफदेही बनाउने तथा न्याय र सुशासनको पक्षमा आवाज उठाउने उद्देश्य राखेको संयोजक गिरीले जनाएको छन ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस