दाङ, १४ भदौ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर सेवा विस्तार गर्ने उद्देश्यसहित गन्तव्य कुरिएर सर्भिस प्रालि.ले दाङको तुलसीपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
तुलसीपुरमा आयोजित एक कार्यक्रमबीच शाखाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा पत्रकार, समाजसेवी, व्यवसायी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गन्तव्य कुरिएरका निर्देशक तिलक केसीले पछिल्लो समय देश तथा विदेशमा रहेका नेपालीहरूबीच कागजात, पार्सल तथा विभिन्न सामग्री आदान प्रदानको आवश्यकता बढ्दै गएको भन्दै त्यसलाई सहज, सुरक्षित र भरपर्दो रूपमा सेवा दिने उद्देश्यले तुलसीपुरमा शाखा विस्तार गरिएको बताए ।
उनले भने, “तुलसीपुर र आसपासका सेवाग्राहीलाई आफ्नै ठाउँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर सेवा उपलब्ध गराउने हाम्रो मुख्य उद्देश्य हो । सेवाग्राहीलाई छिटो, सुरक्षित, भरपर्दो र सहज सेवा दिन हामी प्रतिबद्ध छौँ।” केसीले घरदैलोमै पुगेर सेवा दिने लक्ष्य बनाएको पनि बताए ।
तुलसीपुर शाखाको जिम्मेवारी दिपा कुमारी बस्नेत र समीर वलीलाई दिइएको निर्देशक केसीले जानकारी दिए । शाखाले स्थानीय आवश्यकता र सेवाग्राहीको मागअनुसार कुरिएर सेवाको विस्तार गर्दै लैजाने उनले बताए ।
यस्तै दाङको तुलसीपुर न्युरोडमा रहेको बुद्धभूमि छापाखानाले गन्तव्य कुरियर सर्भिस प्रा.लि.लाई व्यवसाय सफलताको शुभकामनासहित कदरपत्र प्रदान गरेको छ ।
गन्तव्य कुरियरको तुलसीपुर शाखा सञ्चालनमा आएको अवसरमा छापाखानाका सञ्चालक निरज ढकालले कुरियर व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै कदरपत्र प्रदान गरे ।
ढकालले गन्तव्य कुरियरले आगामी दिनमा सेवा विस्तार गर्दै ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा प्रदान गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।
गन्तव्य कुरिएरले तुलसीपुर शाखामार्फत देशका विभिन्न स्थानसँगै विदेशमा समेत कागजात तथा पार्सल पठाउने सेवा उपलब्ध गराउने जनाएको छ । स्थानीयस्तरमै गुणस्तरीय कुरिएर सेवा उपलब्ध भएपछि सेवाग्राहीलाई अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
गन्तव्य कुरिएरले नेपालका विभिन्न स्थानसँगै जापान, कोरिया, अष्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, दुबई, कतार, मलेसियालगायतका देशमा समेत कुरिएर सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
व्यवसायको सुरुवाती चरणमै स्थानीय व्यवसायी तथा शुभेच्छुकबाट प्राप्त सम्मान र हौसलाले आफूहरूलाई थप जिम्मेवार भएर सेवा प्रवाह गर्न प्रेरणा मिलेको गन्तव्य कुरियरले जनाएको छ ।
