२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

दक्षिण कोरियामा रहेका खत्री दम्पतीद्वारा एक लाख सहयोग

दाङ, १७ भदौ । देशमा परेको प्राकृतिक विपतका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका बबई गाउँपालिका ५, हापुरेका भीम प्रताप खत्री र उनकी धर्मपत्नीले प्रधानमन्त्री दैवीक राहत प्रकोप उद्धार कोषमा १ लाख सहयोग गरेका छन् ।

लामो समयदेखि दक्षिण कोरियामा रोजगारी गर्दै आएका खत्री दम्पतीले विपतको समयमा राज्यलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेका हुन् । प्राकृतिक विपतका कारण देशका विभिन्न स्थानमा नागरिक प्रभावित भइरहेका बेला विदेशमा रहेर पनि आफ्नो मातृभूमि र पीडित नागरिक प्रति सहयोगको भावना देखाउँदै खत्री दम्पतीले गरेको सहयोगको प्रशंसा समेत गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस