२०८३ भाद्र २२ गते सोमवार | 2026 September 7th Monday

तुलसीपुरमा ‘केयर एण्ड क्युर हेल्थ क्लिनिक’ सञ्चालनमा

दाङ, २२ भदौ । दाङको तुलसीपुरमा केयर एण्ड क्युर हेल्थ क्लिनिक (C&C) सञ्चालनमा आएको छ । स्थानीय स्तरमै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

क्लिनिकले बिरामीको स्वास्थ्य परीक्षण देखि आवश्यक विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ । क्लिनिकमा विशेषज्ञ चिकित्सक द्वारा स्वास्थ्य परीक्षण तथा परामर्श, प्रयोगशाला सेवा, ईसीजी सेवा, भिडियो एक्स रे सेवा लगायतका सेवाहरू उपलब्ध रहेका छन् । बिरामीलाई आवश्यक पर्ने औषधिको बिक्री वितरण समेत क्लिनिक बाटै हुने जनाइएको छ । एउटै स्थानबाट विभिन्न स्वास्थ्यसम्बन्धी सेवा लिन सकिने भएकाले स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा समेत गरिएको छ ।

क्लिनिकले स्वास्थ्य समस्या देखिएमा समयमै स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिन सबैलाई आग्रह पनि गरेको छ । स्वास्थ्य परीक्षण, आवश्यक जाँच तथा उपचारका लागि दाङको तुलसीपुरमै भर पर्दो सेवा उपलब्ध गराउने लक्ष्य सहित क्लिनिक सञ्चालन गरिएको जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस