२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

तरुण दल तुलसीपुरका अध्यक्ष घर्ती क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

दाङ, ५ असोज । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बाट नेपाल तरुण दल  तुलसीपुर नगर समितिका अध्यक्ष, युवा व्यवसायी तथा समाजसेवी कमल घर्ती क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको वडा अधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रियाबाट घर्ती क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । युवा पुस्ता माझ सक्रिय घर्ती सामाजिक तथा व्यवसायिक क्षेत्रमा समेत परिचित रहेका छन् ।

तरुण दलको नेतृत्व गर्दै आएका घर्तीले युवाको सहभागिता, सामाजिक गतिविधि तथा विभिन्न सामुदायिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि उनले पार्टी संगठनलाई थप मजबुत बनाउन आफूले सक्रिय भूमिका खेल्ने बताएका छन् । घर्तीको सर्वसम्मत चयन भए सँगै वडा नं. ५ को कांग्रेस संगठनमा युवा नेतृत्वको प्रतिनिधित्व थप बलियो बनेको बताइएको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस