२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाहको उम्मेदवारी घोषणा

दाङ, ६ असोज । नेपाली काँग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाहले उम्मेदवारी घोषणा गरेका छन । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत असोज ७ गते हुने तुलसीपुर नगर अधिवेशनमा शाहले सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन । नेपाली काँग्रेसका वडा अधिवेशनहरू सम्पन्न भए सँगै अब नगर अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । 

शाह तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष समेत हुन । उनले वडाध्यक्षका रूपमा लगातार दुई पटक निर्वाचन जित्दै जनप्रतिनिधिका रूपमा आफ्नो उपस्थिति बलियो समेत बनाएका छन । उनको कार्यशैली र सार्वजनिक छविलाई लिएर स्थानीयस्तरमा सकारात्मक चर्चा हुने गरेको छ ।

अब नगर सभापतिका रूपमा पार्टीको नेतृत्व सम्हाल्ने आकांक्षासहित शाह मैदानमा उत्रिएका छन । उनको उम्मेदवारीले तुलसीपुर काँग्रेसको नगर अधिवेशनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस