दाङ, १२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र युवा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा हरि ढकालले लुम्बिनी प्रदेश प्रतिनिधि (युवा) पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
ढकालले आफ्नो उम्मेदवारीसँगै युवाको नेतृत्व र सहभागिता, शिक्षा रोजगार तथा अवसर, सशक्त संगठन र सुशासनलाई प्राथमिकताका विषयका रूपमा अघि सारेका छन् । उनको प्रचार सामग्रीमा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आधार बनाउँदै “जनताको सपना, समृद्ध नेपाल” भन्ने नारालाई समेत जोड दिइएको छ ।
ढकालले नेपाली कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालाको विचार तथा वर्तमान पुस्ताका युवाको अपेक्षाबीच समन्वय गर्दै पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउनु पर्ने धारणा अघि सारेका छन् ।कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला विभिन्न तहमा युवा पुस्ताको सहभागिता र नेतृत्वको विषयसमेत चर्चामा छ ।

