२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

युवा नेता खत्रीले दिए प्रदेश प्रतिनिधिमा उम्मेदवारी

दाङ, १२ असोज । लुम्बिनी प्रदेश प्रतिनिधिमा नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत क्षेत्र नं. ३ ‘क’ बाट युवा नेता रमेश प्रकाश खत्रीले प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी दिएका छन । युवाको आवाजलाई पार्टी भित्र थप प्रभावकारी रूपमा स्थापित गर्दै संगठनलाई नयाँ ऊर्जा र गतिशीलता प्रदान गर्ने उद्देश्यसहित आफू उम्मेदवार बनेको खत्रीले बताएका छन् ।

खत्रीले आफ्नो अभियानमा “युवाको आवाज, परिवर्तनको ताकत” भन्ने नारालाई अघि सारेका छन् । नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता रहेको छ । प्रदेश प्रतिनिधि पदका उम्मेदवार खत्रीले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकसँग सहयोग, समर्थन र सुझावका लागि आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस