२०८३ बैशाख २६ गते शनिवार | 2026 May 9th Saturday

दाङमा मगर खाम भाषा प्रशिक्षण शुरु

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङको आयोजनमा आज देखि दाङको घोराहीमा दुईदिने मगर खाम भाषा प्रशिक्षण कार्यक्रम शुरू भएको छ ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले मगर भाषाको महत्त्वको वारेमा प्रकाश पारेका थिए । उनीहरूले मुलुकको समग्र विकासका लागि हरेका भाषा तथा संस्कृतिको संरक्षण हुनुपर्ने धारणा व्यक्त गरेका थिए । सबै भाषाको संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघ लुम्बिनी प्रदेशका सल्लाहकार हरिमान पुनले स्थानीय भाषाहरूलाई सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उपाध्यक्ष खगेन्द्र पुनको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस