२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

वडा सदस्यमा निर्वाचित कैलास श्रेष्ठ रोजगारीका लागि बिदेश

इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारी सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन् । गत सम्पन्न स्थानीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया आएका हुन् ।


उनी २०२२ को ईपीएस भासा परिक्षा उत्तीर्ण गरेर कोरिया गएका छन्। उनी रोजगारीको सिलसिलामा देश छाडेर कोरिया आएपछी उनको वडा सदस्यको पद रिक्त भएको छ । स्थानिय निर्वाचनमा वडा सदस्यमा जितेर देशमै सेवा गर्ने लक्ष बोकेका उनले कोरियालाई केही बर्ष मात्रै कर्मभुमी बनाउने बताएका छन ।


नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरिया भाषा पढेका उनले भाषा परिक्षा उतिर्ण गरेसंगै ईपिएस मार्फत कोरिया छिरेका छन। आम यूवाहरुको विदेश जानुपर्ने बाध्यता हटाउने,स्वरोजगारका अवस्था सिर्जना गर्छु चुनाव जिताउनुस भन्दै चुनावमा होमिएका हरु नै वैदेशिक रोजगारी अंगाल्नु पर्ने यो अवस्था देशकै लागी दुर्भाग्यपुर्ण छ ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस