२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

नयाँ वर्ष विषेश साँस्कृतिक कार्यक्रम दाङको तुलसीपुरमा हुने

नयाँ वर्ष २०८० सालको अवसरमा दाङको तुलसीपुरमा साँस्कृतिक विषेश कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लव तुलसीपुरले नयाँ सालको अवसरमा साँस्कृतिक विषेश कार्यक्रम गर्न लागेको हो ।

मितेरी युवा क्लबले तुलसीपुरको अरनिको मैदानमा बैशाख १ देखि १० गतेसम्म साँस्कृतिक कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिएका छन । कला, संस्कृतिको संरक्षण गर्न क्लबले १० दिनसम्म विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको उनले बताएका छन ।

क्लबले कार्यक्रमकाट संकलित भएको केहि रकमले तुलसीपुरमा फुटबल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । ‘स्वास्थ्य, शिक्षा, सुचना हाम्रो अभियान : कला, सँस्कृति र भेषभुषा हाम्रो पहिचान ’ भन्ने मूल नाराका साथ क्लबले साँस्कृतिक विषेश कार्यक्रमको आयोजना गरेको पत्रकार सम्मेलनमाफर्त शनिबार जानकारी गराएको हो ।

चैत ३० गते कार्यक्रमको उद्घाटन गरिने भएको छ । बैशाख १ गतेदेखि साँस्कृतिक कार्यक्रम हुने अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन । नयाँ वर्ष विषेश बनाउनका लागि मन्त्र ब्याण्डलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, टंक तिमिल्सीना, देबेन्द्र बब्बलु, ज्योति मगर, एलिना चौहान, प्रिति आले, हाँस्यकलाकार बिष्णु सापकोटा (हर्के हवलदार) चौधरी कलाकार अनु चौधरी, अन्जु कुसुम्या, शालिकराम चौधरी लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ । कार्यक्रममा बाल उद्यान पनि रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस