२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

तुलसीपुरको अमृतपुर खानेपानीको कार्यालयमा ताला

दाङको तुलसीपुर उपमहानगरपालिका ९ स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लाखौं रुपैया हिनामिना भएपछि संस्थामा ताला लागेको छ ।

कार्यसमितीले कोषको रकम हिनामिना गरेको भन्दै आक्रोसित भएर आज बुधबार खानेपानी कार्यालय घेराउ गर्न पुगेका उपभोक्ताहरुले अनियमित रुपमा संस्थाको २० लाख बढी रुपैया हिनामिना गरेको भन्दै यथार्थ विवरण माग गरी कार्यालयमा ताला लगाएका हुन ।

जसमा समितीका अध्यक्ष चन्द्रकान्त खरेलले २ लाख ३५ हजार रुपैया,सचिव दशरथ वलीले २ लाख ५६ हजार ९ सय रुपैया,कोषाध्यक्ष केशव बहादुर वलीले १५ लाख ५८ हजार रुपैया गरी जम्मा २० लाख ४९ हजार ९ सय रुपैया हिनामिना गरेको खुलेको छ । उपभोक्ताहरुले यस विषमा कुनै टुंगो नलागे सम्म कार्यालयमा ताला यथावत राख्ने तर खाने पानी आपुर्तिमा भने कुनै अवरोध नगर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस