२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

खुल्ला पुरुष कबड्डी प्रतियोगिताको उपाधि मा.बि पद्मोदयलाई

दाङ, १९ भदौ । दाङको तुलसीपुरमा संचालन गरिएको खुल्ला पुरुष कपडी प्रतियोगितामा पद्मोदय मा.बि घोराहीले प्रथम स्थान हासिल गरेको छ ।

युथ स्पोर्ट्स एकाडेमिको आयोजनामा भदौ १५ गते देखि राप्ती किङ प्रशिक्षण केन्द्रको खेलमैदानमा संचालन गरिएको खुल्ला कपडी प्रतियोगितामा गोर्खा मा.बि तुलसीपुर लाई हराउदै पद्मोदय मा.बि घोराहीले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगिताको बिजेता पद्मोदय मा.बि घोराहीले नगद रु ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र त्यस्तै उपबिजेता गोर्खा मा.बि तुलसीपुरले नगद रु २० हजार,ट्रफी,मेडल प्रमाणपत्र र तृतिय स्थान हात पार्न सफल ज्यान ज्योति मा.बि तुलसीपुरले नगद रु ५ हजार प्रमाणपत्र, मेडल,कप हात पारेको हो।

यस्तै समापन कार्यक्रमका बोल्दै प्रमुख अतिथि विवेक कुमार बि.कले खेलकुद राष्ट्रको सान , गौरव संगै मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद सिङ्गो राष्ट्रको पहिचान अन्तरास्ट्रिय स्तरमा स्थापित गराउने एक दरिलो माध्यम भएको बताएका थिए ।

यस्ता प्रतियोगीताबाटै खेलाडी उत्पादन गर्न सकिने दाबी गर्दै भखरका कलिला युवाहरुले गरेको यो कपडी प्रतियोगिता निकै स्वागतयोग्य रहेको बताउदै आयोजक टिमलाई धन्यवाद दिदै आफू पनि एक खेलाडी भएको कारण खेल क्षेत्रमा आफुले सक्ने सहयोग सधै गरिरहने समेत बताएका छन । तीनदिन सम्म संचालन गरिएको उक्त कार्यक्रममा १७ टिम सहभागी भएका थिए।

सुजन थापामगरको अध्यक्ष सम्पन्न गरिएको उक्त कार्यक्रमको सहजीकरण एच. आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस