२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

नेपाल तरुणदल को स्थापनाको अवसरमा ७० बढी बिरामिलाई फलफुल वितरण 

दाङ, १० कार्तिक । नेपाल तरुण दल तुलसीपुर नगर कमीटी द्वारा तरुण दल को ७१ औ स्थापना दीवसको अबसर पारी राप्ती प्रदेशीक अस्पताल तुलसीपुर दाङ् मा ७० बढि बिभिन्न जिल्लाका बिरामीलाई फलफुल बितरण गरिएको छ |  

नेपाल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्ती को अध्यक्षता , दाङ क्षेत्र न ३ का सभापती जगत बहादुर खड्काको प्रमुख आतीथ्यता ,तथा क्षेत्र नम्वर ३ क का सभापती देबेन्द्र रीजालको विशिष्ट आतीथ्यातामा कार्यक्रम सम्पन्न भएको थीयो | उक्त कार्यक्रमा बोल्दै  प्रमुख अतीथी खड्काले नेपाल तरुण दल नेपाली काङ्ग्रेस को प्रमुख भात्री सङ्घठन भएको हुदा सबै काङ्ग्रेसका कर्याकर्ता एक भएर अगाडी बढ्न आग्रह गरेका छन् । साथै हाल तुलसीपुरमा केही समय देखि तुलसिपुरको तरुण दलमा केही फाटो देखिएकाले सबै लाई एक बनाएर लैजान समेत आग्रह गरेका छन्। राजनीति भनेको पढेर मात्र होईन अनुभवको समेत आवश्यक पर्ने कुरा व्यक्त गर्दै, तरुणदलका सम्पुर्ण कार्यकर्त्या लाई व्यक्तिको पक्षमा नभई पार्टि र संगठनको पक्ष बोल्न समेत आग्रह गरेका छन् ।  

नेपाल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्तीले बिभिन्न जिल्ला बाट अस्पतालका भर्ना भएका बिरामीलाई तरुण दल को ७१ औ स्थापना दीवसको अवसर पारी फलफुल वितरण गर्न पाउदा आफु निकै खुशी भएको र नेपाल तरुण दलले विगतमा पनि थुप्रै कामहरु गर्दै आएको र आगामि दिनमा पनि सामाजिक कार्यमा अग्रसरभै समाजको हितका लागि निरन्तर काम गरिराख्ने बताएका हुन् । 

उक्त कार्यक्रममा महाधिवेशन प्रतीनीधी देबा डाँगी, महाधिवेशन प्रतिनिधि धनश्याम ढकाल, तरुण दल केन्द्रीय सदस्य अनील न्युपाने, क्षेत्र न ३ का सचिव शोभाकर सापकोटा, तुलसीपुर नगर सभापती सुरेश हमाल ,लगाएत को सभागीता रहेको थियो । नेविसंघ जील्ला सदस्य अर्जुन भटराईको स्वागत मन्तब्य बाट सुरु भएकों कार्यक्रमको सहजीकरण नेपाल तरुण दल तुलसीपुर नगर सचिव बीरेन्द्र कुमार डाँगी ले गरेका थिए।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस