२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

स्ववियुको आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय सहित विभिन्न सहमतिमा खुल्यो राप्ती बबईमा लगाको ताला

कात्तिक १९ दाङ ! राप्ती बबई क्याम्पस तुलसीपुरमा चार विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा लगाको ताला विभिन्न सहमतिमा खुलेको छ!

कात्तिक १५ गते विभिन्न माग गर्दै चार विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा लगाको ताला आज विभिन्न सहमतिमा खुलाइएको हो।

अनेरास्ववियुका अध्यक्ष प्रदीप बस्नेत ,अखिल (क्रान्तिकारी) का अध्यक्ष भोज राज बिश्वक्रमा ,अनेरास्ववियृ का अध्यक्ष केशव पुन अखिल (क्रान्तिकारी) विप्लवका अध्यक्ष केबि सी र स्वतन्त्र भुपेस खत्रीले विभिन्न माग सहित कात्तिक १५ गते तालाबन्दी गरेका थिए।
निर्णय
स्ववियुको बारेमा आवश्यक छलफल गर्नलाई सम्पुर्ण क्रियाशिल विद्यार्थी संगठनहरु संग बसि एकमहिना भित्रमा आवश्यक प्रक्रिया अगाडि बढाउने ।

क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहजताको लागि क्याम्पसमा अति आवश्यक पुस्तकहरु उपलब्ध गराइ थप व्यवस्थित गर्ने र इ-लाइब्रेरीको व्यवस्था गर्ने साथै खेलकुद प्रशिक्षकको सन्दर्भमा आवश्यक छलफल गर्दा नियुक्त हुने प्रक्रियालाई ६ महिनासम्म मुल्यांकन गरि नियुक्त गर्ने निर्णय गरियो।

उक्त छलफलमा संचालन समितिका अध्यक्ष , सदस्यहरु , क्याम्पस प्रमुख लगायत चार विद्यार्थी संगठनको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस