२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

जनयुद्धमा महिलाले देखाएको विरताले नै सेनामा भर्ति गर्न थालिएको हो :- मन्त्री मास्की

दाङ, २२ मंसिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जनयुद्धमा महिलाले जनयुद्धमा देखाएको योग्दानले नै नेपाली सेनाले ममिहलालाई पनि भर्ति गर्न थालेको बताए । क्रान्तिको लडाईमा महिलाले देखाएको त्याग, बलिदानी र कठोर संघर्षपछि प्राप्त विजयको उपज नै नेपाली सेनाले पनि महिलाहरुलाई भर्ति गर्न थालेको बताए ।‘जनयुद्ध भन्दा अघि महिलालाई चुलोचौकोमा मात्रै सीमित राख्ने र कठीन कामहरु गर्न नसक्ने रुपमा लिने गरिन्थ्यो’,उनले भने‘ जब जनयुद्धको क्रममा जनमुक्ती सेनामा महिलाहरुलाई अगाडी बढाईयो, त्यसपछि महिलाहरु पनि सहासी हुन्छन्, भन्ने प्रमाणित भयो ।’  

जनयुद्ध एकात्मक राज्य ब्यबस्थालाई परिबर्तन गर्ने मात्रै नभई समाजमा रहेका अन्धविश्वास, कुरीति,विकृति, विसंगति  अन्त्य गर्ने थियो, त्यसको परिणाम स्वरुप अहिले महिलाहरु पनि आर्थिक हिसाबले जोडिएको उनले बताए । 

लमही नगरपालिका २, दाङ स्थित समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवौं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मास्कीले  यस्तो बताए । संस्थाका अध्यक्ष अञ्जु चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस