२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

जनजागरण युवा क्लबद्वारा अण्डर १७ फुटबल प्रतियोगिता संचालन

दाङ, १४ पौष । राष्ट्रका लागि खेल्कुत स्वास्थ्यका लागि खेल्कुत भन्ने मुल उद्देश्यका साथ आज जनजागरण युवा क्लबले तुलसीपुर ९ सल्लीवनको फुटबल ग्राउन्डमा अण्डर १७ पुटबल प्रतियोगिता संचालन गरेको छ ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसीले आफ्नो सानै देखि नै खेल प्रति रुचि रहेको बताउदै अहिलेका युवाहरू १६-१७ वर्ष उमेरका अझ धेरै लागू औसत दुर्वेशनमा फसिरहेको बेला जनजागरण युवा क्लबले एउटा खेलको आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताएका हुन ।

सबै युवा हरुलाई एकै ठाउँमा जोडेर समाज परिवर्तन गर्न पनि खेलको माध्यमबाट सहज हुने भन्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु संचालनमा गर्न आग्रह गरेका छन ।यस्तै केसीले जनजागरण युवा क्लबलाई आफुले सकेको सहयोग आगामी दिनमा पनि गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष  खुम बहादुर खत्रीको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा टेक बहादुर डाँगी , जिवन केसी , मोती राम केसी , पत्रकार के वि वलि लगायतको सहभागी थिए भन्ने कार्यक्रमको सहजीकरण क्लबका सचीव ललित भुसालले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस