२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए माइजु र भान्जा

दाङ, ३ माघ । दाङ जिल्लाको तुलसीपुर १३ स्थित दमारगाउँको  जङ्गलमा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका महिला र पुरुष माइजु भान्जा भएको खुलेको छ ।

मृत भेटिनेमा तुलसीपुर उपमहानगरपालिका ३ गोटीखोला निवासी भान्जा पर्ने १९ वर्षीय तुलसीराम घर्ती र माइजु पर्ने सोही ठाउँकी करिब  ३५ वर्षीया बसन्ती थापा रहेको प्रहरीले जानकारी दिएको हो । यस्तै मृतक महिला विवाहित रहेको र पुरुष भने अविवाहित रहेको प्रहरीले जनाएको हो।

आफ्नी श्रीमती हराएको भन्दै श्रीमानले केही दिन अगाडि इप्रका तुलसीपुरमा निवेदन दिएको पनि प्रहरीले जानकारी दिएको हो ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमेलिया सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका  १३ दमारगाउँमा सडक देखी झन्डै एक किलोमिटर भित्रको जङ्गलमा बुधबार पात टिप्न गएको बेला स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले उनीहरूको शव सडेको अवस्थामा फेला परेको हुँदा केहि दिन अगाडि उनीहरूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

अलिले मृतकको लास पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सबगृहमा राखिएको छ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस