२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

गुरुजजुर मा.वि.को आयोजकमा तुलसीपुर स्तरीय पाँचौ राष्ट्रपति रनिङशील्ड सुरु हुँदै

दाङ, १० माघ । तुलसीपुर उपमहानगरपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङशील्ड भोलि देखी सुरु हुन लागेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको केही आर्थिक सहयोग तथा गुरु जजुर मा.वि रक्षाचौरको आयोजकमा भोलि माघ ११ गते देखी १३ गते सम्म तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङशील्ड गुरु जजुर मा.बि रक्षाचौरको खेल मैदानमा सुरु हुन लागेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथिमा उद्घाटन हुने तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिशील्ड प्रतियोगितामा तुलसीपुरका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालय हरुको सहभागी रहने छ ।

यस्तै आयोजकका अनुसार मार्च पास संगै उद्घाटन कार्यक्रम बिद्यालयको प्राङ्गनमा हुने र बाकी खेल आफ्नो नयाँ खेल मैदानमा हुने समेत जानकारी दिएका छन् । आयोजक टिमले आफ्नो सम्पुर्ण व्यवस्थापन अन्तिम चरणमा पुराएको छ ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस