२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

बबई ४ बाट एमालेका बुढाथोकी सहित ४१ जना माओवादी केन्द्रमा प्रवेश

दाङ, २६ माघ । दाङ बबई गाउँपालिका वडा नं. ४ बाट  एमालेका टाेपबहादुर बुढाथाेकीसहित ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

एमाले कांग्रेस लगायतका पार्टी परित्याग गरी ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आफूहरू पार्टीभन्दा विकास गर्ने नेताको साथ दिन माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरूको भनाइ छ । पश्चिम दाङमा इतिहाँसमै पहिलो पटक सोचेअनुसार बजेट आएको भन्दै त्यसको कार्यान्वयनका लागि पनि आफूहरू साथ दिन माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरूको भनाइ छ ।

नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् ।  त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङको विकास नै आफ्नो मुख्य एजेण्डा रहेको बताए । पश्चिम दाङ उपेक्षामा परेको  भन्दै त्यसलाई विकसित दाङ बनाउन आफू लागि परेको समेत उनले बताए । पश्चिम दाङलाई कर्णाली भनेर चिन्ने गरिएको भन्दै अबको केही समयपछि विकसित दाङका रुपमा अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस