२०८३ जेष्ठ २० गते बुधवार | 2026 June 3rd Wednesday

समाजबाद निर्माणको लागी बलियो कम्युनिष्ट शक्ति आवश्यकः मन्त्री शर्मा

दाङ, १३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागी बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकि हुन । आज समाजबादी मोर्चा नेपाल, घोराही उपमहागरपालिका वडा नम्बर १७ र १८ को संयुक्त वडा भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले मुलुकमा राजनीतिक स्थिरता कायम गरी अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्दै शोषण, दमन, उत्पीडन, भेदभावविरूद्धका मुद्दामा समाजलाई सही दिशानिर्देशन गर्नका निम्ती कम्युनिष्ट शक्तिको आवश्यक रहेको बताएकि हुन । उनले देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निमार्ण भएको समाजबादी मोर्चालाई स्थापित गराइने बताएकि हुन ।

सरकारका प्रवक्ता समेत रहनुभएकी शर्माले अवको सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने बताएकि हुन । उनले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माण तर्फ अगाडि बढ्ने बताएकी हुन ।

समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचो रहेको पनि बताएकि हुन । अहिले मौलाइरहेको भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उहाँले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेकाले समाजवादी मार्चाको भूमिका बढाउँदै लैजाने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस