२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि दाङका चार खेलाडि छनोट

दाङ, २७ जेठ । अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा , कक्षा ९ का छात्र सहज बुढा मगर,जनज्योति विद्यामन्दिर कक्षा १० का प्रतीक के.सी.र गोर्खा मा.वि. निश्चल बुढा  छनोटमा परेको गुरुकुल एकेडेमीका संस्कार प्रमुख तथा दाङ जिल्लाका बास्केटबल प्रशिक्षक भुगोल कवर मगरले जानकारी दिएका हुन । उनका अनुसार दाङबाट राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पोखरा जानेछ् । 

रुपन्देहीमा आयोजना भएको छनोट खेलबाट लुम्बिनी प्रदेशकै उत्कृष्ट खेलाडिको रुपमा सद्गुण थापा , सहज बुढा,प्रतीक के.सी.र निश्चल बुढा छनोट भएका हुन् । गुरुकुल एकेडेमीमा अध्ययन गर्ने बिद्यार्थिहरु अन्य हरेक खेल प्रतियोगिताहरुमा पनि सफलता हासिल गर्ने गरेको छ । घोराही उपमहानगरपालीकाको पहिलो मेयर कप बास्केट बल प्रतियोगितामा मेयरकप विजेता बनेको गुरुकुल एकेडेमी अहिले अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि छनोट भएका हुन । 

प्रतियोगिता यही जेठ ३१ र ३२ गते पोखरामा हुने छ । त्यसैगरी अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि रुपन्देहीमा बन्द प्रशिक्षणमा रहेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस