२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

झापामा श्रीमानले गरे श्रीमतिको हत्या

झापा, २७ पुस । झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ । जपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षीय विश्वराज घिसिङले आफ्नै श्रीमती ३६ वर्षीय प्रमिला घिसिङलाई खाना नपकाएको निहुँमा गएराति लात्तीले पेटमा हान्दा श्रीमतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा संलग्न श्रीमान विश्वराज घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डिएसपी वसन्त पाठकले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस