काठमाडौ, ११ असार । गुरुकुल एकेडेमी घोराही र तुलसिपुरका विद्यार्थिहरुको दाँत परीक्षण गरीएको छ । गुरुकुल एकेडेमी तुलसिपुरको कक्षा प्ले गु्रप देखि कक्षा ९ सम्मका करीव १६० जना विद्यार्थि र घोराहिका कक्षा १० सम्मका विद्यार्थिहरुको दाँत परीक्षण गरीएको हो । बिआर डेन्टल अस्पतालका संचालक डा. बिपि भुषाल , डा. आस्था खत्रि र विद्यालयकि स्टाफ नर्स सुस्मिता लम्सालले परीक्षण गर्नुभएको हो । विद्यार्थिहरुको दन्त परीक्षणका साथै उपचारको आवश्यक सल्लाह सुझाव समेत प्रदान गरेका थिए । दाँत सुरक्षित राख्ने बारे उचित प्रशिक्षण पनि दिइएको विद्यालयकि स्टाफ नर्स सुस्मिता लम्सालले जानकारी दिएका हुन । डा. भुषालले विद्यार्थिहरुलाई दाँत कसरी सफा तथा सुरक्षित राख्ने भन्ने बारे उचित टिप्स पनि प्रदान गरेका थिए । विद्यालयको बार्षिक क्यालेन्डर अनुसार गुरुकुल एकेडेमी घोराही र तुलसिपुरका विद्यार्थिहरुको दन्त परीक्षण गरीएको हो । गुरुकुल एकेडेमीले विद्यार्थिहरुको नियमित स्वास्थ्य जाँच समेत गर्दै आइरहेको छ ।