२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

६ सय २० जना कैदी बन्दीको कैद कट्टा गर्न सिफारिश

काठमाडौ, १२ असार । कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैद कट्टा सिफारिश माथि उजुरी आह्वान गरेको छ । यस वर्ष ६ सय २० जना कैदी बन्दीको कैद कट्टाका लागि सिफारिश गरेको जानकारी गराउँदै विभागले कैद कट्टाको सुविधाका लागि सिफारिश भएकाहरूमा कुनै कैफियत भएमा उजुरी दिन आह्वान गरेको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिएका छन ।

गृह मन्त्रालयको जेठ २२ गतेको पत्रानुसार ६ सय २० जना कैदी बन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिश प्रमाणित भई आएको उनले बताएका हुन । यही असार १५ गतेसम्म उजुरी दिन सकिने छ ।

प्रकाशित मिति : २०८१ असार १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस