२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

प्रेस सेन्टर दाङका उपाध्यक्ष बस्नेतले पदबाट राजिनामा दिए

दाङ, ४ भदौ । प्रेस सेन्टर नेपाल दाङ शाखाका उपाध्यक्ष दामोदर बस्नेत ( राकेश ) ले पदबाट राजिनामा दिएका छन् । मङ्गलबार उनले एक विज्ञप्ति मार्फत सेन्टरको जिल्लाको उपाध्यक्ष र तुलसीपुर नगरको अध्यक्षबाट राजिनामा दिएको घोषणा गरेका हुन् । उनले भनेका छन्,‘ करिब दुई दशक देखि म सक्रिय रुपमा पत्रकारिता गर्दै आएको छु । म प्रेस सेन्टरमा लामो समयदेखि आवद्ध रहेर काम गर्दै आएको थिए । पार्टी र सङ्गठनले भनेको काम निरन्तर रुपमा गर्दै आएको थिए ।

तर, पछिल्लो समय मेरो घरायसी कामका कारण सङ्गठनमा समय दिन नसक्ने भएकाले आफू जिम्मेवार पदमा बस्ने आफैलाई अप्ठेरो लागेपछि राजिनामा दिएको छु ।’ यस्तै उनले आजको दिनदेखि नै आफू सङ्गठनको साधारण सदस्यमा बसेर काम गर्ने समेत बताएका छन् । केही दिन अगाडि मात्र सङ्गठनका जिल्ला अध्यक्ष पाण्डव शर्माले पनि सुगठन परित्याग गरेर चौतारीमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस