२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि उद्धार गर्न गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका छन्। आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। अहिले सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्।

घटनाको जानकारी लिन गृहमन्त्री रवि लामिछाने र प्रधामन्त्री पुष्पकमल दाहाल दुर्घटनास्थलतर्फ जाने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस