२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

कांग्रेसका पुर्ब महामन्त्री शशांक कोइरालाद्वारा प्रतिष्ठानको अबलोकन

दाङ, १० असोज । नेपाली कांग्रेसका पुर्ब महामन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य शशांक कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अबलोकन गरेका छन । उनिसहित कांग्रेसका प्रभाबशाली केन्द्रिय सदस्य दिपक गिरि, केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, कांग्रेस जिल्ला सभापती शंकरप्रसाद डागि, कांग्रेसका महासमिती सदस्यद्वय किरणकिशोर घिमिरे,भुपबहादुर डागि, कांग्रेसका क्षेत्रिय सभापती भिमप्रकाश खड्काले अबलोकन गरेका हुन  ।  अबलोकनकाक्रममा अस्पतालको सेवासहित भौतिक पुर्बाधारको बिस्तारका बारेमा प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक डा.जनार्दन पन्थिले जानकारी गराउदै कांग्रेसका पुर्ब महामन्त्री, बिपि पुत्र शशांकलाई स्वागत गरेका थिए । सो अवसरमा कोइरालाले अस्पतालको सेवा बिस्तारले जनताको स्वास्थ्य सेवामा पहुँच बिस्तार हुने बताउदै प्रतिष्ठानको अस्पताल सेवासहित भौतिक पुर्बाधार बिकासमा पुर्णरुपमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस