२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

भुपेन्द्र घर्ति मगरको अभिनयमा ”नसोध हालखबर” सार्वजनिक 

काठमाडौ, ६ मंसिर । भुपेन्द्र घर्ति मगरको अभिनय रहेको ”नसोध हालखबर” गीत हिजो भर्खरै मात्र बजारमा सार्वजनिक गरिएको छ । 

चर्चित लोक दोहोरी गायिका सुनिता बुढा क्षेत्री र यम क्षेत्रीको स्वरमा सजिएको नसोध हालखबर गीतमा मन्जित पहाडीको शब्द, गणेश अधिकारिको लय, पूर्ण संयोगको एरेञ्ज रहेको छ ।

गीतलाई डम्बर बिस्वकर्मा र सागर बाजुरालीले रेकर्ड गरेका हुन्, भने खडक बाजुरालीको मिक्सिङ्ग रहेको गीतलाई मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

निशान बानियाँको कथा निर्देशनमा बनेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् भने भिडियोको सम्पादन दिपक बिष्टले गरेका छन्, भिडियोमा जुना गुरुङ र भुपेन्द्र घर्ति मगरको अभिनय रहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस