२०८३ बैशाख ११ गते शुक्रवार | 2026 April 24th Friday

दाङमा मिटरब्याज असुलेको आरोपमा बुढा बुढीको नाक काटियो

दाङ, ६ मंसिर । मिटर ब्याज असुलेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताले दाङ घोराहीका एक व्यवसायीको नाक काटि दिएका छन् । घोराहीको विपी चोक स्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाक चक्कुले काटेका हुन् ।

घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् । नाक काट्ने नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए ।

नेकपा बहुमतका कार्यकर्ताले यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई कालोमोसो दलेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस