सल्यान, २४ पुष । सल्यानमा आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन् । बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले बताएका छन ।
उनले श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा भनेकी छन् । उनका श्रीमान कामको शिलशिलामा नुवाकोटमा छन् ।
बुधबार बिहान साढे १० बजेतिर उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । त्यही क्रममा उनीहरूबीच झगडा भएको उनले बताइन् । बिहान घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका श्रीमान नुवाकोटबाट आउँदै गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार