दाङ, २३ माघ । दाङमा सडकहरु किनारमा मनपरी राखिएका बिज्ञापन बोर्डहरु हटाउने क्रम सुरु भएको छ ।
सडक डिभिजन कार्यालय दाङले ब्यापारिक संस्था, ब्यक्ति बिषेश र संघ संस्थाले सडक सीमा मिचेर कानुन विपरित मनपरी रुपमा राखेका बिज्ञापन बोर्डहरु हटाउन सुरु गरेको हो ।
यसअघि सडकले सडक क्षेत्रमा मनपरी राखिएका होरिङ बोर्ड अर्थात बिज्ञापन बोर्डहरु हटाउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको थियो । त्यो सूचनाका आधारमा कतिपय ब्यक्ति, ब्यापारिक संस्था र संघ संस्थाहरुले आँफै त्यस्ता होरिङबोर्डहरु हटाएका थिए ।
तर, सडक डिभिजनले सार्वजनिक रुपमा सूचना जारी गर्दापनि बेवास्ता वा अटेरी गर्ने संघ संस्थाका बिज्ञापन तथा होरिङबोर्डहरु भने सडक आँफैले हटाउन सुरु गरेको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनियर अमिर सुबेदीले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार