२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

रुपन्देहीको मायादेवीमा गोली प्रहारबाट एक जनाको मृत्यु

रुपन्देही, १७ फागुन । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोधमाथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए ।

‘घरको बरन्डामा आज बिहान ८ः १५ बजे रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, घटना बारे थप अनुसन्धान भईरहेको छ ।,डिएसपी कार्किले भने ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस