२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

नेपाल पत्रकार महासंघ दाङ शाखा र भायानेटबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

दाङ, २८ फागुन । नेपाल पत्रकार महासंघ दाङ शाखा र इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट तुलसीपुरबीच होली विशेष शुभकामना आदानप्रदान कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कार्यक्रम भायानेट कम्युनिकेशन तुलसीपुर शाखाको आयोजनामा भोलि साँझ अरनिको खेलमैदान, तुलसीपुरमा सम्पन्न हुने छ ।

उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का प्रमुख अतिथि रहने छन् । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ दाङ शाखाका पत्रकारहरू र भायानेटका कर्मचारीहरू बीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

होली पर्वको अवसरमा पत्रकार तथा सञ्चारकर्मीहरूबीच आपसी समझदारी, भाइचारा र मित्रता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भायानेट तुलसीपुर शाखाले जनाएको छ । साथै, दाङ जिल्लाका सम्पूर्ण पत्रकारहरूलाई कार्यक्रममा सहभागिता जनाउन आमन्त्रण गरिएको छ ।

कार्यक्रमको तयारी सम्पूर्ण भएको आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट सञ्चारकर्मीहरूबीचको आपसी सम्बन्धलाई बलियो बनाउने लक्ष्य लिइएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस