२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

मैत्रीपूर्ण फुटबल : भायनेट तुलसीपुर माथी पत्रकारको शानदार जित

दाङ, २९ फागुन । होली पर्वको अवसरमा भायनेट तुलसीपुर शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ दाङ शाखा र भायनेट तुलसीपुर शाखाबीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

तुलसीपुरको अरनिको मैदानमा आयोजित खेलमा पत्रकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ४-३ को जित हात पार्यो ।

खेलको पहिलो हाफमा पत्रकार टोलीले आक्रामक प्रदर्शन गर्‍यो। सुमन केसी र शरद विष्टले क्रमशः एक–एक गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा पनि पत्रकार टोली उस्तै लयमा रहँदै हिमाल महरा र कपिल लामिछानेले थप दुई गोल गर्दै टिमलाई मजबुत स्थितिमा पुर्‍याए ।

भायनेट टोलीले पनि उत्कृष्ट खेल कौशल देखाउँदै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्‍यो । टोलीका रेवन्त थापा र नारायण परियारले एक–एक गोल गर्दै खेललाई रोमाञ्चक बनाउने प्रयास गरे । तर, पत्रकार टोलीको मजबुत रणनीति र समन्वयका कारण उनीहरू हार टार्न असफल भए ।

खेलपछि दुबै टोलीका खेलाडीहरूबीच आपसी भाइचारा र सौहार्दता झल्किएको दृश्य देखियो । सहभागीहरूले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले खेलकुदको प्रवर्द्धन गर्नका साथै आपसी सम्बन्ध मजबुत बनाउन मद्दत पुग्ने बताए ।

आयोजक भायनेट तुलसीपुर शाखाले आगामी दिनमा पनि यस्ता खेलहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस