२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

राप्ती बबईमा स्ववियु चुनाव शान्तिपूर्णरुपमा सम्पन्न

दाङ, ५ चैत । राप्ती बबई क्याम्पस तुलसीपुर  दाङमा स्ववियु चुनाव शान्तिपूर्ण तरिकाबाट सम्पन्न भएको छ ।आज भएको निर्बाचनमा कुल मतदाता संख्या ३३१४ रहेकोमा जम्मा १४१७  मत खसेको थियो । मतदान शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई क्याम्पसले धन्यबाद ज्ञापन गरेको छ ।

संचालक समितिका अध्यक्ष श्यामकुमार रेग्मी र क्याम्पस प्रमुख गणेश पार्धेले मंगलबार एक बिज्ञप्ति जारि गर्दै निर्बाचनमा सहयोग गर्ने निर्बाचन समिति,सुरक्षाकर्मि,पत्रकार,राजनितिक दल,बिधार्थि संगठन,प्राध्यापक एवम कर्मचारिहरुलाई धन्यबाद ज्ञापन गरिएको छ ।

आजै साझ देखि मतगणना सुरु गर्ने तयारि भएको निर्वाचन अधिकृत दीपक पौडेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस