दाङ, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपाको आयोजनामा दाङको बबई गाउँपालिका ५ वडा कार्यालय परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ‘युवाको सक्रियता, सामाजिक सेवा र स्वच्छ समाज निर्माणमा हाम्रो निरन्तर योगदान’ भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा रास्वपाका बबई गाउँपालिका उपसभापति पूर्णबहादुर राना, वडा सभापति पूर्णबहादुर भण्डारी, वडा अध्यक्ष हर्कबहादुर सिरिस तथा सञ्चारकर्मी प्रशान्त पौडेललगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले वडा कार्यालय आसपासको झाडी सफा गर्नुका साथै फोहोर संकलन गरेका थिए ।
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार

