२०८३ बैशाख २८ गते सोमवार | 2026 May 11th Monday

नेकपा (माओवादी केन्द्र ) वडा नम्बर ४ को बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

दाङ, ८ चैत । नेकपा (माओवादी केन्द्र ) बंगलाचुली वडा नम्बर ४ को बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मओवादी केन्द्र वडा नम्बर ४ का अध्यक्ष का अध्यक्ष ट‍मलाल घर्तीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश सचिवालय सदस्य तुल्सिराम पुन सुवासको प्रमुख आतिथ्यतामा को बेैठक सम्पन्न भएको हो । 

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश सचिवालय सदस्य तुल्सिराम पुन सुवासले वडा नम्बर ४ मा २०८४ को चुनावमा जित्ने गरि लाग्न निर्देशन दिएका हुन । साथै पछिल्लो समय बंगलाचुली सहित देशभर माओवादी प्रति आम जनता आकर्षण बढ्दै गएको बताएका हुन । जनतालाई अधिकार दिएको वयवस्था सामन्तवादीहरुलाई मन नपरेको कारण पछिल्लो समय राजा प्रतिको आकर्षण बढेको बताएका हुन । र गणतन्त्र पक्षधरले यो कुरा जोगाउनको तराई मधेस जागरण सहित विभिन्न अभियान सञ्चालन गरेको बताएका हुन । 

बैठकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्मा, जिल्ला सदस्य नारायण डाँगी, गाउँ कमिटी उपाध्यक्ष दामोदर खड्का, गाउँ कमिटी अध्यक्ष शबिराम कामी, पार्टीका गाउँकमिटि इन्चार्ज चुरामणी नेपाली जीवन लगायतले बोल्नुभएको थियो । 

बैठकमा टोल टोलमा प्रशिक्षण कार्यक्रम, जनवर्गीय संगठन विस्तार, भेटघाट अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । साथै वडा कमिटीमा हुने पार्टीको कार्यक्रमको लागि आर्थिक संकलन तथा व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको हो । साथै टोल टोलमा अन्तरपार्टी सँग छलफल तथा बहस र वडाको विकासमा एकरुपता नभएकोमा सो विषयमा समेत सचेत गराउने लगायतको विषयमा छलफल गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस